२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

११.५८ प्रतिशतले घट्यो रु रु जलविद्युत परियोजनाको नाफा

२७ कात्तिक, काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा कम्पनीले ३ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.५८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यो अवधिमा कम्पनीले विद्युत बिक्रीमार्फत ५ करोड ३३ लाख रुपैयाँबराबरको आम्दानी गरेको छ ।  यो अवधिसम्म कम्पनीले ६ लाख ४८ हजार रुपैयाँ बराबरको वित्त आम्दानी गरेको छ । कम्पनीको प्रशासनिक खर्च ३३ लाख ७१ हजार र वित्त खर्च ८ लाख ७९ हजार रुपैयाँ रहेको छ । ५६ करोड ७३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २४ करोड ५५ लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २३ रुपैयाँ २२ पैसा, प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ २८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २९.६७ गुणा रहेको छ।

प्रकाशित मिति : November 13, 2025 at 9:29 am