३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

एनआरएन इन्फ्रास्टक्चरमा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो सर्वाधिक कारोबार

२६ कात्तिक, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा गिरावट आएको छ । यस दिन बजार २०.५६ अंकले घटेर २५४४.५९ को विन्दुमा कायम भएको हो ।

बुधबार ३२१ कम्पनीको ८४ लाख ४ हजार ६१६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८४ करोड ८५ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ ।बुधबार  एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीकाे ४० करोड ३४ लाख रुपैयाँकाे काराेबार भएकाे हाे ।

त्यस्तै, यस दिन राधि जलविद्युत कम्पनीको २२ करोड १४ लाख रुपैयाँ, शाहस उर्जाको १४ करोड एक लाख रुपैयाँ, युनियन हाइड्रोपावरको १३ करोड ५५ लाख रुपैयाँकाे कारोबार भएको छ ।

प्रकाशित मिति : 15:23