१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

राप्रपाले सोध्यो मधेसमा मन्त्री बनेकी विच्छालाई २४ घन्टे स्पष्टीकरण

२५ कात्तिक, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मधेश प्रदेश सरकारमा मन्त्री नियुक्त हुनुभएकी कञ्चन बिच्छालाई पार्टीले स्पष्टीकरण सोधेको छ । राप्रपा केन्द्रीय अनुशासन समितिले आज मन्त्री विच्छालाई २४ घन्टे स्पष्टीकरण सोधेको हो।

पार्टीको नीति, सिद्धान्त र हित विपरीत हुनेगरी गैर जिम्मेवारपूर्वक एवं अनुशासनहीन कार्य गरेको भन्दै राप्रपा अनुशासन समितिले उनीसँग स्पष्टीकरण सोधेको हो ।

‘पार्टी र पार्टीका नेतृत्व सँग कुनै छलफल र परामर्शबिना तपाई नेकपा एमाले संसदीय दलका नेता सरोज यादवको नेतृत्वमा गठित मन्त्रीमण्डलमा समावेश भएकोले पार्टीको नीति, सिद्धान्त र हित विपरित हुने गरि गैह्रजिम्मेवारपूर्ण एवं अनुशासनहिन कार्य गर्नु भएको देखिन्छ सो सम्बन्धमा तपाइलाई राप्रपाको विधान २०४८ ( शंसोधन सहित २०७८) को दफा ३० (ड) बमोजिम किन कारबाही र सजाय गर्न नपर्ने हो? नपर्ने भए प्रमाणसहित २४ घन्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न हुन केन्द्रीय अनुशासन समितिको निर्णय अनुसार अनुरोध गर्दछु,’ अनुशासन समिति सचिव भक्तिप्रसाद सिटौलाले मन्त्री विच्छालाई पठाएको पत्रमा भनिएको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनले हिजो नै मधेश प्रदेश सरकारबाट फिर्ता हुन निर्देशन दिनुभएकाे थियाे ।

प्रकाशित मिति : November 11, 2025 at 5:14 pm