२४ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख कर्णले लिए शपथ

२५ कात्तिक, काठमाडौं । मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथ लिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार शीतल निवासमा आयोजित एक समारोहकाबिच मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख कर्णलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो ।

यसअघि राष्ट्रपति पौडेलले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिस अनुसार मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्नुभएकाे थियाे । नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम भण्डारीलाई मंगलबारबाट लागु हुने गरी पदमुक्त गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलवार १५:४०