८ चैत्र २०८२, आईतवार | Sun Mar 22 2026

शाहस उर्जामा झुम्मिए लगानीकर्ता, यी कम्पनीकाे भयाे सर्वाधिक कारोबार

२५ कात्तिक, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । यस दिन नेप्से ३.२१ अंकले बढेर २५६५.१६ बिन्दुमा बन्द भएको छ । मंगलबार ३२७ कम्पनीको ७९ लाख ४७ हजार ५८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६२ करोड ६१ लाख ७५ हजार रुपैयाँको कारोबार भएको छ ।

आज शाहस उर्जाको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ३५ करोड ५८ लाख रुपैयाँको काराेबार भएकाे छ । त्यस्तै, यस दिन राधि विद्युत कम्पनीको ३२ करोड ३२ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको २६ करोड ७६ लाख रुपैयाँ, शिवम् सिमेन्टको १६ करोड ५ लाख रुपैयाँले कारोबार भएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलवार १५:१५