२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

फरवार्ड माइक्रोफाइनान्सको नाफा बढ्यो, वितरणयोग्य मुनाफा भने घट्यो

२५ कात्तिक, काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्ममा कम्पनीले ५ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो रकम अघिल्लो आवको तुलनामा ३७.३२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ४ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

याे अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १८.९२ प्रतिशतले बढेर  ३३ करोड ३९ लाख रुपैयाँ पुगेकाे छ । कम्पनीकाे कुल सञ्चालन आम्दानी २५ करोड ७७ लाख र सञ्चालन मुनाफा ८ करोड १६ लाख रुपैयाँ रहेको छ । याे अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा २३ करोड ७५ लाख रुपैयाँबाट घटेर ३५ लाख ५८ हजार रुपैयाँमा खुम्चिएको छ ।

चुक्ता पुँजी १ अर्ब १९ करोड ५९ लाख रुपैयाँ रहेको छ। जगेडा कोषमा ३५ लाख रुपैयाँ र रिजर्भ कोषमा २ अर्ब ५ करोड ९ लाख रुपैयाँ सञ्चिति छ। यस अवधिसम्म संस्थाले २० अर्ब ३३ करोड ९४ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ भने १० अर्ब ३४ करोड ४६ लाख रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ।

संस्थाको वितरणयोग्य प्रतिसेयर आम्दानी ४.६९ रुपैयाँले ऋणात्मक अवस्थामा छ । संस्थाको खराब कर्जा अनुपात ७.३८ प्रतिशतबाट बढेर ८.२० प्रतिशत पुगेको छ ।  कम्पनीकाे प्रतिसेयर आम्दानी १९.१२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५६.५० गुणा र तरलता अनुपात ६.०८ प्रतिशत कायम भएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलवार १३:४२