सान्भि इनर्जीको १ लाख ४५ हजार कित्ता सेयरको लकइन अवधि मंसिरमा सकिंदै
२५ कात्तिक, काठमाडौं । सान्भि इनर्जी लिमिटेडको लक इन समयावधि मंसिरमा समाप्त हुने भएको छ । कम्पनीले सामुहिक लगानी कोषका लागि छुट्टाइएको ५ प्रतिशत अर्थात १ लाख ४५ हजार ५ सय कित्ता सेयरको लक इन अवधि मंसिर २५ गते सकिंदै छ।
सामूहिक लगानी कोषहरूमा बाँडफाँड गरिएको सेयर ६ महीनासम्म लकइनमा राख्नुपर्ने प्रावधान भएकाले हालसम्म सो सेयर लकइनमै रहेको छ। कम्पनीले २०८२ जेठ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । उक्त आईपीओ बाँडफाँड जेठ २६ गते भएको थियो । आउँदो मंसिर २५ गतेबाट भने लकइन अवधि समाप्त हुने कम्पनीले जानकारी दिएको छ।
प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलवार १२:०१












