२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

कतिमा भयो बन्दीपुर केबलकार र स्वस्तिक लघुवित्तको पहिलो कारोबार ?

२५ कात्तिक, काठमाडौं । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड र स्वस्तिक लघुवित्त वित्तीय संस्थाको पहिलो कारोबार भएको छ। यस दिन स्पेशल प्रि ओपन सेसनमा बन्दीपुरको सेयर प्रतिकित्ता २८५ रुपैयाँ र स्वस्तिकको सेयर प्रतिकित्ता ३९१ रुपैयाँ ७० पैसामा पहिलो कारोबार भएको हो।

यी दुबै कम्पनीको सेयर सोमबार नेप्सेमा सूचीकृत भएको थियो। नेप्सेमा बन्दीपुरको कुल २ करोड ८३ लाख कित्ता सेयर सूचीकृत भएको हो। त्यस्तै, स्वस्तिकले कुल ५ लाख ७७ हजार ५०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेले पहिलो कारोबारको लागि बन्दीपुरलाई ९५ रुपैयाँ २४ पैसादेखि २८५ रुपैयाँ ७२ पैसासम्मको र स्वस्तिकलाई १७१ रुपैयाँ ७८ पैसादेखि ५१५ रुपैयाँ ३४ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा आजको स्पेशल प्रि ओपन सेसनमा यी कम्पनीहरुको पहिलो कारोबार भएको हो।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलवार १०:५९