२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२५ कात्तिक, काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो ३ महिनामा इन्स्योरेन्सले १२ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ११ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

अघिल्लो आवमा २ अर्ब ४५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले चालु आवको पहिलो त्रैमासमा भने २ अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको पहिलो त्रैमासमा २ अर्ब ८४ करोड रुपैयाँ बराबर खुद दाबी भुक्तानी गरेको कम्पनीले समीक्षा अवधिसम्म भने ३ अर्ब २६ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।

कम्पनीको कुल खर्च ३ अर्ब ३६ करोड रुपैयाँबाट बढेर ३ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । यस्तै कुल आम्दानी पनि ३ अर्ब ५२ करोड रुपैयाँबाट वृद्धि भएर ३ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । ५ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा ४२ करोड ५७ लाख रुपैयाँ, रिटन्ड अर्निङ्गमा १ अर्ब ४ करोड रुपैयाँ र अन्य इक्विटीमा २५ करोड ७३ लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १ रुपैयाँ १ पैसा बढेर १० रुपैयाँ २२ पैसा पुगेको छ। असोज मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ४२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.८६ गुणा रहेको छ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलवार ०९:५२