२६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

एमालेले बोलायो विघटित संसदीय दलको बैठक

२४ कात्तिक, काठमाडौं । नेकपा (एमाले) ले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक बोलाएको छ । बैठक मंसिर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने  एमालेका नेता महेश बर्तौलाले बताउनुभयो।

बैठकमा मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागी निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल हुने उहाँले बताउनुभयो ।  प्रतिनिधि सभा विघटन भइसकेको अवस्थामा पनि बर्तौलाले प्रमुख सचेतकको हैसियतमा बैठक बोलाउनुभएको हो ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार १२:२१