मुख्यमन्त्री नियुक्ति विवादः मधेसका प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड
२४ कात्तिक, काठमाडाैं । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ । आज बिहानै कांग्रेस सहितका सांसदहरू कार्यालयभित्र पुगेर तोडफोड गरेका हुन् । त्यसक्रममा उनीहरूले मधेस प्रदेश प्रमुख कार्यालय अगाडि पनि तोडफोड गरेका छन्।
सोमबार बिहान प्रदेश प्रमुख सुमित्रा भण्डारीले नेकपा एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुभएकाे हाे । मुख्यमन्त्री कार्यालय अगाडि नवनियुक्त मुख्यमन्त्री सरोज यादवविरुद्ध कार्यकर्ताहरुले नाराबाजी गरिरहेका छन् ।
प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार ११:५७












