कतिमा भयो बुङ्गल हाइड्रोको पहिलो कारोबार ?
२४ कात्तिक, काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको पहिलो कारोबार भएको छ। स्पेशल प्रि ओपन सेसनमा यस दिन कम्पनीको सेयर प्रतिकित्ता ३०२ रुपैयाँ ४० पैसामा पहिलो कारोबार भएको हो।
आइतबार कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारणमा जारी गरेको २९ लाख ५ हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ५३ लाख ९५ हजार कित्ता सेयर गरी कुल ८३ लाख कित्ता सेयर सो दिन नेप्सेमा सूचीकृत भएको हो।
नेप्सेले कम्पनीलाई पहिलो कारोबारको लागि १०० रुपैयाँ ८८ पैसादेखि ३०२ रुपैयाँ ६४ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा आजको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो।
प्रकाशित मिति : November 10, 2025 at 10:51 am









