२४ मंसिर २०८२, बुधबार | Thu Dec 11 2025

गुराँस लघुवित्तको अध्यक्षमा बराल चयन

२४ कात्तिक, काठमाडौं। गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा उदयनारायण बराल चयन हुनुभएको छ । कम्पनीको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले दशौं वार्षिक साधारणसभा पछि रिक्त रहेको सञ्चालक समितिको अध्यक्ष पदमा बराललाई सर्वसम्मतिले नियुक्त गर्ने निर्णय गरेको हो।

संस्थाको उक्त सभाबाट ४ जना संस्थापक सेयरधनीहरु आगामी चार वर्षका लागि नियुक्त हुनुभएको छ । नवनियुक्त हुने सञ्चालकमा उदयनारायण बराल,मदन खतिवडा,विजय कुमार दाहाल र मनिष अर्याल रहनुभएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार १०:४५