२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

मधेश सरकारमा सहभागी मन्त्रीलाई तत्काल फिर्ता हुन राप्रपाको निर्देशन

२४ कात्तिक,  काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मधेश प्रदेश सरकारको मन्त्रीमा नियुक्त कञ्चन बिच्छालाई तत्काल फिर्ता हुन निर्देशन दिनुभएकाे छ । एमालेका सरोज यादव मुख्यमन्त्री नियुक्त भए लगत्तै राप्रपा सांसद बिच्छालाई मन्त्रिमण्डलमा सहभागी गराएपछि अध्यक्ष लिङ्देनले उहाँलाई सरकारबाट फिर्ता हुन निर्देशन दिनुभएकाे हाे ।

अध्यक्ष लिङ्देनले यो प्रकरणलाई गम्भीररुपमा लिएको जनाउनुभएकाे छ ।  उहाँले फेसबुकमा यसबारे लेख्दै भन्नुभएकाे छ, ‘मधेश प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’ उहाँले थप्नुभयाे, ‘यो अनुशासनको गम्भीर उल्लंघन हो। राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन छ। अन्यथा विधान बमोजिम कारबाही हुने जानकारी गराउँछु।’

प्रकाशित मिति : 10:33