१२ भदौ २०८३, शुक्रबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

विन्ध्यबासिनी हाइड्रोपावरको विद्युत बिक्री आम्दानी बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२४ कात्तिक, काठमाडौं । विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत १६ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.४९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १५ करोड ६ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा ३६.३७ प्रतिशत बढेर ८ करोड ७१ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च भने ५.९५ प्रतिशत घटेर ३ करोड २२ लाख रुपैयाँमा सीमित भएको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५१ पैसा बढेर ३० रुपैयाँ ८७ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ८८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १७.६८ गुणा रहेको छ।

प्रकाशित मिति : November 10, 2025 at 10:04 am