२६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

दलसँग संलग्न शिक्षक, प्राध्यापक, कर्मचारीका संघसंगठनलाई शिक्षा मन्त्रालयले मान्यता नदिने

२३ कात्तिक, काठमाडाैं ।  शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न राजनीतिक दलका नियमावलीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भातृ सङ्गठन वा शुभेच्छुक संस्थाका रूपमा उल्लेख गरिएका शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघसङ्गगठनहरूलाई मान्यता नदिने निर्णय गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आज एक विज्ञप्ति जारी गर्दै राजनीतिक दलका भ्रातृ संगठन वा शुभेच्छुक संस्थाका रूपमा उल्लेख गरिएका शिक्षक, प्राध्यापक र कर्मचारीका संघसंगठनलाई मन्त्रालयले मान्यता नदिने उल्लेख गर्नुभएकाे हाे ।

आफ्नो पेशागत कर्तव्य, नैतिक दायित्व, आचरण, शिक्षा क्षेत्रको संवेदनशीलता र विद्यालय वा विश्वविद्यालय शान्ति क्षेत्रको मर्म विपरीतका क्रियाकलाप गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने समेत जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आईतवार १६:१३