२८ मंसिर २०८२, आईतवार | Mon Dec 15 2025

नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम पनि घट्यो

२३ कात्तिक, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । उक्त दिन नेप्से ३०.०२ अंकले घटेर २५६६.०९ को विन्दुमा कायम भएको हो ।

यस दिन ३२३ कम्पनीको १ करोड ६ लाख १९ हजार १८० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९० करोड ७६ लाख २४ हजार रुपैयाँको कारोबार भएको छ । दरमखोला हाइड्रो,माबिलुङ इनर्जी र सागर डिस्टीलरीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ। आइतबार युनियन हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको २७ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आईतवार १५:२९