२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट, यी कम्पनीको लगानीकर्ता भए मालामाल

२३ कात्तिक, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । उक्त दिन नेप्से ३०.०२ अंकले घटेर २५६६.०९ को विन्दुमा कायम भएको हो ।

यस दिन ३२३ कम्पनीको १ करोड ६ लाख १९ हजार १८० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९० करोड ७६ लाख २४ हजार रुपैयाँको कारोबार भएको छ । दरमखोला हाइड्रो,माबिलुङ इनर्जी र सागर डिस्टीलरीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, रुरु जल विद्युत परियोजना, धौलागिरी लघुवित्त, विकास हाइड्रोपावर, माउण्टेन इनर्जी, पिपल्स पावर लगायतका कम्पनीहरुको सेयरमूल्य सर्वाधिक बढेकाे छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आईतवार १५:२४