१२ भदौ २०८३, शुक्रबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

नेप्सेमा बुङ्गल हाइड्रोको सेयर सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

२३ कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुङ्गल हाइड्रो लिमिटेडको सेयर सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको ८३ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारणमा जारी गरेको २९ लाख ५ हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ५३ लाख ९५ हजार कित्ता शेयर गरी कुल ८३ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेले पहिलो कारोबारको लागि कम्पनीलाई १०० रुपैयाँ ८८ पैसादेखि ३०२ रुपैयाँ ६४ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा भोली सोमबार स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित दोस्रो बजारमा कम्पनीको सेयर कारोबार हुनेछ।

प्रकाशित मिति : November 9, 2025 at 1:12 pm