कतिमा भयो सागर डिष्टिलरीको पहिलो कारोबार ?
२३ कात्तिक, काठमाडाैं । सागर डिष्टिलरी लिमिटेडको पहिलो कारोबार भएको छ। यस दिन स्पेशल प्रि ओपन सेसनमा कम्पनीको सेयर प्रतिकित्ता ३१९ रुपैयाँ ५० पैसामा पहिलो कारोबार भएको हो।
कम्पनीले सर्वसाधारणमा जारी गरेको १४ लाख ५२ हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ५८ लाख ८ हजार कित्ता सेयर गरी कुल ७२ लाख ६० हजार कित्ता शेयर सो दिन नेप्सेमा सूचीकृत भएको हो।
पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०६ रुपैयाँ ५२ पैसादेखि ३१९ रुपैयाँ ५६ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिन स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो।
प्रकाशित मिति : November 9, 2025 at 10:53 am









