१२ भदौ २०८३, शुक्रबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

एनआईसी एशिया लघुवित्तको सञ्चालकमा दिवाकर भट्टराई नियुक्त

२३ कात्तिक, काठमाडाैं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा दिवाकर भट्टराई नियुक्त हुनुभएकाे छ। एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको निर्णय अनुसार भट्टराई संस्थापक समूहको प्रतिनिधि सञ्चालकका रूपमा मनोनयन गरिएको हो।

कात्तिक १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले भट्टराईलाई आगामी वार्षिक साधारण सभासम्मका लागि सञ्चालकको पदमा नियुक्त गरेको हो। यसअघि सो पदमा सुमन थपलिया संस्थापक समूहका तर्फबाट प्रतिनिधित्व गर्दै कार्यरत थिए। नवनियुक्त सञ्चालक भट्टराईले संस्थाका अध्यक्ष प्रकाश राज शर्मा समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गर्नुभएकाे छ ।

प्रकाशित मिति : November 9, 2025 at 9:42 am