प्रचण्ड र झलनाथबीच भेटवार्ता, यी विषयमा भयो छलफल
२१ कात्तिक, काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ ।
हात्तीवनस्थित संयोजक दाहालको निवासमा भएको भेटमा मुलुकको समसामयिक राजनीति, राष्ट्रिय तथा अन्तरराष्ट्रिय राजनीतिक परिस्थिति, कम्युनिष्ट एकतालगायत विषयमा छलफल भएको नेता खनालका प्रेस संयोजक कृष्ण भट्टराईले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार १०:३०












