२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

एनआईसी एशिया बैंकको नाफा बढ्यो, खराब कर्जा घट्यो

२१ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। पहिलो त्रैमाससम्ममा बैंकले १२ करोड ६० लाख २१ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ११ करोड ५ लाख २६ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको नाफा १०.५३ प्रतिशतले बढेको छ ।

बैकको खुद ब्याज आम्दानी २ अर्ब ५५ करोड २५ लाख रुपैयाँबाट घटेर २ अर्ब २८ करोड ६० लाख रुपैयाँ रहेको छ । यस्तै बैंककाे सञ्चालन नाफा १७ करोड ३८ लाख ६५ हजार रुपैयाँबाट बढेर १९ करोड ३५ लाख २२ हजार रुपैयाँ पुगेको छ ।

असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ६ अर्ब २४ करोड ८२ लाख १३ हजार रुपैयाँ ऋणात्मक रहेको छ । १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २० अर्ब ९७ करोड ८१ लाख ३६ हजार रुपैयाँ छ ।

बैंकले ३ खर्ब ३७ अर्ब ३१ करोड ४८ लाख ८९ हजार रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब १२ अर्ब २२ करोड १८ लाख ५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । असोज मसान्तसम्म बैंकको खराब कर्जा २.०८ प्रतिशतबाट घटेर १.७४ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ३.२१ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १९८.७४ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार १०:०५