लक्ष्मी सनराइज बैंकको वितरणयोग्य मुनाफा साढे २ अर्बभन्दा बढी
२१ कात्तिक, काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। पहिलो त्रैमाससम्ममा बैंकले ३३ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ३८.०४ प्रतिशतले कमी हो। गत आवको सोही अवधिसम्ममा बैंकले ५३ करोड ६३ लाख रुपैयाँको खुद नाफा कमाएको थियो ।
बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी १० रुपैयाँ ७८ पैसा रहेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.५९ प्रतिशतले वृद्धि भई २ अर्ब ७१ करोड ५१ लाख रुपैयाँ पुगेको छ। कुल सञ्चालन आम्दानी पनि १४.८० प्रतिशतले बढेर ३ अर्ब ९१ करोड ९८ लाख रुपैयाँ भएको छ। बैंकको खुद फि तथा कमिशन आम्दानी २६.५९ प्रतिशत बढेको छ। त्यस्तै, बैंककोसञ्चालन मुनाफा ४२.११ प्रतिशत घटेको छ। बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब १६ करोड ७९ लाख रुपैयाँबाट बढेर १ अर्ब ९३ करोड ९१ लाख रुपैयाँ पुगेको छ।
२४ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १८ अर्ब ४ करोड रुपैयाँ सञ्चित छ। बैंकले असोज मसान्तसम्ममा ३ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७९ पैसा घटेर ५ रुपैयाँ ४६ पैसा, बैंकको प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ ८९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.७४ गुणा रहेको छ।
प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार ०९:५५












