२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

एभरेष्ट बैंकको नाफा बढ्यो, वितरणयोग्य मुनाफामा उछाल

२१ कात्तिक, काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा बैंकले १ अर्ब १७ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा भने ४.५७ प्रतिशत धेरै हो । गत आवको पहिलो तीन महिनामा बैंकले १ अब १२ करोड ७७ लाख खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा बैंकले १ अर्ब ६८ करोड ५५ लाख रुपैयाँ संचालन नाफा कमाएका छन् । गत आवको सोही अवधिमा बैंकको संचालन नाफा १ अर्ब ६१ करोड १६ लाख रहेको थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि २ अर्ब १३ करोड ९० लाख रुपैयाँबाट बढेर २ अर्ब ४० करोड ३८ लाख रुपैयाँ कायम भएको छ ।

पहिलो त्रैमासमा बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ४९ करोड रहेको छ । जुन अघिल्लो वर्षको यही अवधिमा २ अर्ब १५ करोड मात्र थियो । हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ छ । बैंकले जगेडा कोषमा भने १४ अर्ब ४१ करोड ८८ लाख रुपैयाँ राखेको छ । बैंकको प्रतिसेयर आम्दानी (इपिएस) ३६.४४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ५५.६९ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.५७ गुणा रहेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार ०९:४४