२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

२० कात्तिक, काठमाडौं । साताको अन्तिम कारोबारको दि न बिहीबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से ११.२९ अंकले घटेर २५९६.१२ को विन्दुमा कायम भएको हो । आज ३२० कम्पनीको १ करोड ८ लाख १४ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३४ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

यस दिन शिवम् सिमेन्टको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३० करोड ९१ लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, राधी विद्युत कम्पनीको ३० करोड ७६ लाख ९१ हजार रुपैयाँ, हिमालयन डिस्टीलरीको २७ करोड ८५ लाख १६ हजार रुपैंया, एनआरएन इन्फ्रास्ट्रक्चरको २७ करोड २६ लाख ८१ हजार रुपैयाँ, यूनियन हाइड्रोपावरको १९ करोड ५२ लाख ३४ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : November 6, 2025 at 3:21 pm