२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

अतिथि रिसोर्ट एण्ड स्पाले आईपीओ निष्कासन गर्ने

२० कात्तिक, काठमाडौं । अतिथि रिसोर्ट एण्ड स्पा लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।

कात्तिक १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मंसिर १३ गते पोखरामा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त सभा दिनको १ बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने, सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने र यससम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

यस्तै, सभामा गत आवको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षणको प्रतिवेदनसहित गत आवको वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार १४:३१