२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

नेप्सेमा सागर डिष्टिलरीको सेयर सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

२० कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सागर डिष्टिलरी लिमिटेडको सेयर सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको ७२ लाख ६० हजार कित्ता सेयर सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारणमा जारी गरेको १४ लाख ५२ हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ५८ लाख ८ हजार कित्ता सेयर गरी कुल ७२ लाख ६० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेले पहिलो कारोबारको लागि कम्पनीलाई १०६ रुपैयाँ ५२ पैसादेखि ३१९ रुपैयाँ ५६ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा आगामी आइतबारदेखि कम्पनीको सेयर कारोबार हुनेछ।

प्रकाशित मिति : November 6, 2025 at 12:36 pm