२६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

बाबुराम भट्टराईले गरे विभिन्न राजनीतिक दलका नेतासँग छलफल

२० कात्तिक, काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न समूहसँग आज छलफल गर्नुभएको छ ।जेनजी प्रदर्शनपछिको राजनीति र त्यसका मर्मअनुसार समग्र राजनीतिको पुनःगठनसहित वैकल्पिक राजनीतिक ध्रुवीकरण गर्दै भरपर्दाे वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि छलफल भएको बताइएको छ ।

छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक सभापति डिपी अर्याल, नेपाल समाजवादी नयाँ शक्तिका कार्यबाहक अध्यक्ष दुर्गा सोब, प्रगतिशील अभियानका नेताहरु जनार्दन शर्मा र सुदन किराँती, उज्यालो नेपाल अभियानलगायतका प्रतिनिधि सहभागी हुनुहुन्छ ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार १२:०६