कृषि विकास बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?
२० कात्तिक, काठमाडौं । कृषि विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। कात्तिक १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
बैंकले हाल कायम चुक्ता पूँजीको ३.२५ प्रतिशत बोनस र ९.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
यसका साथै सो बैठकले हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीमा वितरण गरिनेछ।
प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार १०:२६












