१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

नेप्सेमा एक कम्पनीको सेयरमूल्य समायोजन

२० कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन डिष्टिलरी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले कम्पनीको २० प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको सेयरमूल्य १ हजार १५१ रुपैयाँ ६७ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य प्रतिकित्ता १ हजार ३८२ रुपैयाँका आधारमा सेयरमूल्य समायोजन गरेको हो।

प्रकाशित मिति : November 6, 2025 at 10:00 am