२५ मंसिर २०८२, बिहीबार | Fri Dec 12 2025

कालिका लघुवित्तको नाफा १९ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?

२० कात्तिक, काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा लघुवित्तले २ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.६३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

असोज मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ९६ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४२ पैसा रहेको छ। याे अवधिमा लघुवित्तले १० करोड ८७ लाख रुैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवमा संस्थाले आर्जन गरेको ८ करोड २८ लाखको तुलनामा ३१.२३ प्रतिशतले बढी हो । संस्थाको खुद सञ्चालन आम्दानी ११ करोड ३० हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन खर्च २०.५४ प्रतिशतले बढेर ८ करोड १० लाख रुपैयाँ पुगेको छ ।

४० करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३७ करोड ३० लाख रुपैयाँ सञ्चित छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा लघुवित्तले ४ अर्ब २६ करोड १७ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ४ अर्ब ८८ करोड १९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १९ रुपेयाँ ९६ पैसा प्रतिशेयर नेटवर्थ १९१ रुपैयाँ ५१ पैसा र मूल्य आम्दानी अनुपात ५०.८५ गुणा रहेको छ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार ०९:२१