१० फाल्गुन २०८२, आईतवार | Sun Feb 22 2026

छुट्ला है ! एक बैंकको १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२० कात्तिक, काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक २३ गतेदेखि मंसिर ६ गतेसम्म बुकक्लोज गर्दैछ।

यसको अर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता हुन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले मंसिर ६ गते सुनसरी उद्योग वाणिज्य संघ, धरानमा २० औँ वार्षिक साधारण सभा बाेलाएकाे छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ।सभाले कर सहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार ०९:०५