२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त

१९ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त हुनुभएकाे छ । केन्द्रीय बैंकले कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) गुरुप्रसाद पौडेललाई कात्तिक १९ देखि लागू हुने गरी बैंकको प्रवक्ता गरिएकाे हाे ।

वि.सं. २०५९ सालमा बैंक सेवामा प्रवेश गर्नुभएकाे पौडेलको बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण विभागलगायतको कार्यानुभव छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार १५:५९