मालिबुङ इनर्जीको सेयरमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता मालामाल
१९ कात्तिक, काठमाडौँ । साताको चौंथो कारोबारकाे दिन बुधबार सेयर बजारमा सुधार आएको छ । बुधबार नेप्से १२.१७ अंकले बढेर २६०७.४२ को विन्दुमा कायम भएको हो । यस दिन ३१२ कम्पनीको ९२ लाख १८ हजार ८१० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६८ करोड १९ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ ।
मालिबुङ इनर्जीको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, उन्नती सहकार्य लघुवित्तको ९.९६ प्रतिशत, नेपाल फाइनान्सको ९.२४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार १५:२०












