२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

नेप्सेमा दरमखोला हाइड्रोको आइपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति ?

१९ कात्तिक, काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दरमखोला हाइड्रो इनर्जी लिमिटेडको आइपीओ सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको १ करोड ३ लाख ५ हजार कित्ता आइपीओ सूचीकृत भएको हो।

जसमा सर्वसाधारणहरुलाई बिक्री गरिएको ३९ लाख ५० हजार (३८.३३ प्रतिशत) र संस्थापक सेयरधनीहरुले लगानी गरेको ६३ लाख ५५ हजार कित्ता (६१.६७ प्रतिशत) गरी कुल १ करोड ३ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको सेयरलाई पहिलो कारोबारको लागि १४२.८१ रुपैयाँदेखि अधिकतम ४२८.४३ रुपैयाँ ओपनिङ रेञ्ज दिएको छ । सोही रेञ्जकाे  आधारमा भोलिदेखि उक्त कम्पनीको कारोबार खुल्नेछ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार १३:४८