२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

लाभांश पारित गर्न सिटिजन्स बैंकले बोलायो साधारणसभा, यस्ता छन् अन्य एजेण्डा

१९ कात्तिक, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले साधारणसभा बोलाएको छ । बैंकको कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर १२ गते काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड बैंक्वेटमा १९ औं वार्षिक साधारणसभा बोलाएको हो । उक्त सभा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

उक्त साधारणसभाले सेयरधनीलाई वितरण गर्ने भनी घोषणा गरिसकेको चुक्ता पुँजीको ५ प्रतिशत (७३ करोड ८४ लाख ५० हजार रुपैयाँ) बोनस सेयर र ०.२६३ प्रतिशत (३ करोड ८८ लाख ६५ हजार रुपैयाँ) नगद लाभांश (कर समेत) पारित गर्नेछ ।

साथै, सभामा गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने, समूह ‘क’ का संस्थापक शेयरधनीको प्रतिनिधित्व गर्ने १ जना र समूह ‘ख’ का सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । त्यसैगरी बैंकको प्रबन्धपत्रमा संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै निर्देशन प्राप्त भएमा सोही बमोजिम बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारणसभाले पारित गर्नेछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक १७ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसकाे कात्तिक १६ गतेसम्म नेप्सेमा काराेबार भइ कायम सेयरधनीहरूले मात्रै सभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार ०९:५१