२१ मंसिर २०८२, आईतवार | Mon Dec 8 2025

गुराँस लघुवित्तको नाफा ४२.५७ प्रतिशतले बढ्याे, प्रतिसेयर आम्दानी कति ?

१९ कात्तिक, काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा लघुवित्तले १ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.५७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

पहिलो त्रैमाससम्ममा कम्पनीले ४ करोड २९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३६.७२ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीले ३ करोड १४ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिसम्म संस्थाले २ करोड २ लाख रुपैयाँबराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ । यस्तै संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी ३ लाख २४ हजार रुपैयाँ रहेको छ । ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ८ करोड ३७ लाख रुपैयाँ सञ्चित छ। पहिलो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले १ अर्ब ८९ करोड ४० लाख रुपैयाँ निक्षेप तथा सापटीबाट २ अर्ब ४ करोड ३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

कम्पनीकाे वितरणयोग्य मुनाफा ६४ लाख २२ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी १४ रुपेयाँ ९३ पैसा बढेर ५० रुपैयाँ २ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ १८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.३० गुणा रहेको छ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार ०९:२२