१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

माधव नेपाललाई प्रचण्डको जिम्मा लगाएकी रामकुमारी भोलि एमाले फर्किने

१८ कात्तिक, काठमाडौँ । माधवकुमार नेपालला नेकपा एमालेबाट पाखुरा तानेर निर्वाचन आयोग पुर्याउँदै नेकपा एकीकृत समाजवादीको अध्यक्ष बनाउन योगदान गर्नुभएको नेता रामकुमारी झाँक्री एमाले फर्किनुहुने भएको छ । नेपाललाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जिम्मा लगाएर झाँक्री एमाले फर्किन लाग्नुभएको हो ।

बुधबार बिहान १० बजे उहाँले पत्रकार सम्मेलनको आयोजना नै गरेर एमाले फर्किने घोषणा गर्दै हुनुहुन्छ । झाँक्रीसँगै किसान श्रेष्ठ, अम्बरबहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना, अर्जुन राई सहितका ५० भन्दा बढी नेता एमालेमा फर्किने तयारीमा छन्।

बिहान १० बजे बबरमहलको बसेरा होटलमा पत्रकार सम्मेलन गरेर झाँक्री सहितको समूहले एमाले फर्किने घोषणा गर्नेछ । उता ११ बजे वर्ल्ड ट्रेड सेन्टरमा घनश्याम भुसालले पत्रकार सम्मेलन गरेर बृहत बाम धुव्रिकरणको अपिल गर्ने जनाइएको छ । भुसालसहितको समूहले भने माओवादीबाट विद्रोह गर्ने जनार्दन शर्माको समूहसँग एकता गर्ने तयारी गरेको बुझिएको छ । उक्त समूह पनि अन्तिममा एमालेमा एकता हुने दाबी नेताहरूले गरिरहेका छन ।

प्रकाशित मिति : November 4, 2025 at 10:01 pm