२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

पुनर्निर्माण कोषमा एनएलजी इन्स्योरेन्सको २५ लाख सहयोग

१८ कात्तिक, काठमाडौं । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ लाख रुपैयाँ सहयोग गरेकाे छ ।

मंगरबार सिंहदबारमा रहेको अर्थमन्त्रालयमा उपस्थित भएर अर्थमन्त्री रामेश्वर खनाललाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले उक्त सहयोग हस्तान्तरण गर्नुभएकाे हाे ।

कोषमा आज प्राप्त हुन आएको रकमसहित जम्मा रु सात करोड एकाउन्न लाख साठी हजार ४३९ सङ्कलन भएको अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलवार १७:५५