१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

मितेरी डेभलपमेन्ट बैंकको नाफा उल्लेख्य बढ्यो

१८ कात्तिक, काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले २ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४२.६६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ७३ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ७७.२८ प्रतिशत बढेर ७ करोड २९ लाख ६२ हजार रुपैयाँ कायम भएको छ । याे अवधिमा बैंककाे संचालन नाफामा पनि २४२.६२ प्रतिशतले बढेर ३ करोड ६० लाख ३३ हजार रुपैयाँ कायम भएको छ ।

सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १७ करोड ७९ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी १८ रुपैयाँ ३१ पैसा रहेको छ। हाल बैंकको चुक्ता पुँजी १ अर्ब २१ कराेड ७१ लाख  र जगेडा कोषमा ३४ करोड ८७ लाख रुपैयाँ रहेकाे छ । समिक्षा अवधिमा बैंककाे प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६४ पैसा बढेर ८ रुपैयाँ २९ पैसा पुगेको छ। बैंकको मूल्य आम्दानी अनुपात ६५.१४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ २८ पैसा रहेको छ।

प्रकाशित मिति : November 4, 2025 at 2:08 pm