१३ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा चामत्कारिक सुधार

१५ माघ, काठमाडाैँ । हृदयाघातका कारण अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा चामत्कारिक सुधार देखिएको छ ।

शाहको बन्द रहेको मुटुको अवरोध खुलाउन कोरोनरी एन्जियोप्लाष्ट सकिएसँगै उनको अवस्थामा चामात्किर सुधार आउन थालेको नर्भिक इन्टरनेशनल अस्पतालका डेपुटी जनरल म्यानेजर रामप्रसाद मैनालीले बताएका छन ।

शाहको उपचारमा प्रा डा यादव देव भट्टको नेतृत्वमा डा जेपी अग्रवाल, डा नग्मा श्रेष्ठ, डा सन्तोष श्रेष्ठलगायतको टोली खटिइएको अस्पतालले जनाएको छ । एक्कासि छाती दुखेपछि पूर्वयुवराज शाह सोमबार अपराह्न अस्पताल भर्ना भएका थिए ।

प्रकाशित मिति : १५ माघ २०७५, मंगलवार २२:४२