९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

कतिमा भयो माबिलुङ्ग इनर्जीको पहिलो कारोबार ?

१८ कात्तिक, काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडको पहिलो कारोबार भएको छ। मंगलबार स्पेशल प्रि ओपन सेसनमा कम्पनीको सेयर प्रतिकित्ता ३१७ रुपैयाँ ७० पैसामा पहिलो कारोबार भएको हो।

कम्पनीको सेयर हिजो नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारण सेयरधनीहरुमा वितरण गरेको १८ लाख ९० हजार ५३० कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको १९ लाख ६७ हजार ७१० कित्ता गरी कुल ३८ लाख ५८ हजार २४० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०५ रुपैयाँ ९० पैसादेखि ३१७ रुपैयाँ ७० पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा कम्पनीको पहिलो कारोबार भएको हो।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलवार १०:५४