२५ माघ २०८२, आईतवार | Sun Feb 8 2026

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

१७ कात्तिक, काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सुचना प्रविधिमन्त्री तथा प्रवक्ता जगदीश खरेलले सरकारले उक्त निर्णय गरेको बताउनुभयाे ।

मन्त्रिपरिषद् बैठकले भदाै २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौं लगाएत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरुलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको छ । बैठकले वैदेशिक रोजगार न्यायाधीकरणको सदस्यमा सहन्यायाधीवक्ता घनश्याम ओझालाई तोक्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले बेपता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप कोष नियमावली २०८२ स्वीकृत गरेको छ भने विपद् संकटग्रस्त जिल्ला घोषणा गरिएको इलामका प्रभावित स्थानीय तहहरुलाई सहयोग उपलव्ध गराउन आवश्यक पर्ने रकम ५ करोड ३० लाख बिपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको प्रवक्ता खरेलले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार १७:५७