२५ मंसिर २०८२, बिहीबार | Fri Dec 12 2025

राजनबिक्रम थापा राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा

१७ कात्तिक, काठमाडाैं । नेपाल राष्ट्र बैंकका निर्देशक राजनबिक्रम थापा कार्यकारी निर्देशकमा बढुवा हुनुभएकाे छ । राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले कात्तिक १६ गतेदेखि लागू हुने गरी थापालाई अधिकृत विशिष्ट श्रेणी (कार्यकारी निर्देशक) मा बढुवा गरेको हो ।

डा. गुणाकर भट्टले अवकाश पाएपछि प्रशासन सेवातर्फ कार्यकारी निर्देशकको एक पद रिक्त रहेको थियो । नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधन समेत) बमोजिम सम्भाव्य रहेका निर्देशकहरूमध्येबाट प्रक्रिया पूरा गरी थापालाई बढुवा गरिएको राष्ट्र बैंकले जनाएको छ ।

बढुवा पश्चात् थापालाई गभर्नर कार्यालयको जिम्मेवारी तोकिएको छ । उहाँ यसअघि पनि सोही कार्यालयमा निर्देशकका रूपमा कार्यरत हुनुहुन्थ्याे ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार १६:४३