१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

कारोबारसँगै घट्यो सेयर बजार, नेप्से २६२२ अंकमा

१७ कात्तिक, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ८.२४ अंकले घटेर २६२२.८९ को बिन्दुमा पुगेको छ । यस दिन ३३३ कम्पनीको १ करोड २१ लाख ८५ हजार ३८८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५ करोड २२ लाख २६ हजार रुपैयाँको कारोबार भएको छ । सोमबार ७२ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने ५ को स्थिर रह्यो ।

आज दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज मुक्तिनाथ कृषि कम्पनी र एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हाे । सोमबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको ३७ करोड ६८ लाख रुपैयाँको कारोबार भएको ।  इष्टर्न हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार १५:२१