दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?
१७ कात्तिक, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ८.२४ अंकले घटेर २६२२.८९ को बिन्दुमा पुगेको छ । यस दिन ३३३ कम्पनीको १ करोड २१ लाख ८५ हजार ३८८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५ करोड २२ लाख २६ हजार रुपैयाँको कारोबार भएको छ ।
आज दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज मुक्तिनाथ कृषि कम्पनी र एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हाे ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार १५:१७












