१२ चैत्र २०८२, बिहीबार | Thu Mar 26 2026

नेप्सेमा माबिलुङ्ग इनर्जीको आईपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

१७ कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माबिलुङ्ग इनर्जी लिमिटेडको सेयर सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको ३८ लाख ५८ हजार २४० कित्ता सेयर सूचीकृत भएको हो।

आईपीओ बाँडफाँड भएको करिब साढे २ महिनापछि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको आईपीओ गत भदौ ८ गते बाँडफाँड भएको थियो।

कम्पनीले सर्वसाधारण सेयरधनीहरुमा वितरण गरेको १८ लाख ९० हजार ५३० कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको १९ लाख ६७ हजार ७१० कित्ता गरी कुल ३८ लाख ५८ हजार २४० कित्ता सेयर यस दिन नेप्सेमा सूचीकृत भएको हो। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०५ रुपैयाँ ९० पैसादेखि ३१७ रुपैयाँ ७० पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार १४:१५