२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

खुद ब्याज आम्दानीसँगै घट्यो आरएसडिसी लघुवित्तको नाफा

१७ कात्तिक, काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा लघुवित्तले २ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.१२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ६० लाख रुपैयाँ यस्तो नाफा कमाएको थियो।

यस्तै संस्थाले ४ करोड ४८ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३०.०४ प्रतिशतले कम हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म संस्थाले ६ करोड ४० लाख खुद ब्याज आम्दानी गरेको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ९ करोड ९३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ३८ रुपैयाँ ४३ पैसा रहेको छ।

संस्थाको खुद सञ्चालन आम्दानी पनि १४.५७ प्रतिशतले घटेर ४ करोड २६ लाख रुपैयाँमा सीमित बनेको छ । १ अर्ब ३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २८ करोड ९९ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी ८.१७ रुपैयाँ,  प्रतिसेयर नेटवर्थ १२८.०४ रुपैयाँ र लघुवित्तको मूल्य आम्दानी अनुपात ७३.०६ गुणा रहेको छ

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार ०९:१७