१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

प्रचण्डले छाडे माओवाद, ८ दल एक हुने सहमतिमा हस्ताक्षर

१६ कात्तिक, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित विभिन्न ८ वटा कम्युनिष्ट पार्टीहरूले एक हुने भएका छन । एकताको सहमति पत्रमा ८ दलका शीर्ष नेताले हस्ताक्षर गरेका छन ।

माओवादी हेडक्वार्टर पेरिसडाँडामा भएको छलफलपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, ने.क.पा. माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, ने.क.पा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंह, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले हस्ताक्षर गर्नुभएको छ ।

dainiki.com

नयाँ बन्ने पार्टीमा संयोजक र सहसंयोजक मात्र राखिने छ । सहमति अनुसार आगामी ६ महिनाभित्र एकताको राष्ट्रिय महाधिवेशन गर्न ८ वटै दल तयार भएका छन । महाधिवेशनपूर्व आगामी कत्तिक १९ गते एकता राष्ट्रिय सम्मेलन आयोजना गरिने छ भने सम्मेलनमा एकता प्रक्रियामा सहभागी सबै घटकहरुका केन्द्रीय समितिको सहभागिता रहने सहमतिमा उल्लेख गरिएको छ ।

यस्तो छ सहमति पत्र

प्रकाशित मिति : November 2, 2025 at 7:43 pm